कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त २० वर्ष पछि पक्राउ

बेनी। म्याग्दीमा प्रहरीले २० वर्षअघिको कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । धवलागिरी गाउँपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेर म्याग्दी जिल्ला अदालत पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरि हत्या गरेको मुद्दामा जिल्ला अदालत म्याग्दीले २० वर्ष (जन्मकैद)को सजाय हुने फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले आइतबार दरबाट पक्राउ गरेका घर्तिलाई अदालतमा पेश गरि सोमबार सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा चलान गरिएको प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरका अनुसार फरार पक्राउ अभियान अन्तरगत पछिल्लो २ महिनामा कर्तब्य ज्यान, डाँका चोरी, लागु औषध लगायतका मुद्दाका १३ फरार कसुरदारलाई पक्राउ गरिएको छ ।दोषी ठहर गरेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै पिडितले न्यायको अनुभूति गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार