२४ घन्टामा कोरोना निको भएर ३८५ जना घर फर्किए

काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार