जनसेवा प्रहरी वृतका ८ प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना भईरस संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका प्रहरीलाई महाराजगञ्ज स्थित प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

पूर्वबाट तालिम सकेर फर्केका ४ जना प्रहरी सहायक निरीक्षक ९असई०को पीसीआर जाँच गर्दा कोरोना देखिएपछि उनीहरुसँग ब्यारेक सेयर गरेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।

मङ्गलबार पाँच जनामा पुष्टि भएको र बुधवार थप ३ जनामा संक्रमण देखिएको बताइएको छ । संक्रमण देखिएपनि प्रहरी वृत जनसेवा सिल गरिएको छैन ।

भदौ १२ पछि कोरोना भाइरस पुष्टि हुने प्रहरी कर्मचारीले बीमा बापत १ लाख रकम पाउँछन् । त्यसअघि कोरोना पोजेटिभ हुने प्रहरीले भने बीमा रकम पाउँदैनन् ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार