स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

काठमाण्डौ । जापानका प्रधानमन्त्री सिन्जो आबे आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ ।

आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए ।

प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटिस, आन्द्रा सुनिने रोगले म वर्षौंदेखि पीडित छु, अहिले मेरो अवस्था अझ बिग्रेको छ ।’

पछिल्लो समय जापानमा लामो समय प्रधानमन्त्री बन्ने उनै हुन् । यो कार्यकालअन्तर्गत उनले सन् २०१२ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए ।

यसअघि पनि सन् २००७ मा आबेले अल्सरेटिभ कोलाइटिसकै कारण अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई यो रोग किशोर अवस्थादेखि नै लागेको हो ।

उनी एक कट्टर रूढिवादी एवं राष्ट्रवादी नेताका रूपमा चिनिन्छन् । देशमा द्रुत विकासका लागि उनले आक्रामक आर्थिक नीति अपनाएका थिए, जसलाई ‘आबेनोमिक्स’ भनिन्छ । नागरिक न्यूजबाट साभार/एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार