आईपीएल २०२० : सन्दीपको दिल्ली पञ्जाबसँग भिड्दै

काठमाडौं । इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको दोस्रो खेलमा आइतबार सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ ।

यद्यपि, यसपटक उत्कृष्ट स्पीनरहरु रहेको दिल्ली पञ्जाबमाथि भारी पर्न सक्छ । टोलीमा सन्दीपसहित रविचन्द्रन अश्विन, अमित मिश्रा लगायत अनुभवी स्पीनर रहेका छन् । अश्विन पछिल्लो पटक पञ्जाबका कप्तान थिए ।

लोकसभा चुनावको कारण सन् २००९ मा आईपएल दक्षिण अफ्रिका र सन् २०१४ को शुरुवाती २० खेल यूएईमा भएको थियो । तब यूएईमा दिल्लीको रेकर्ड निकै खराब रहेको थियो । टीमले त्यहाँ खेलिएका ५ मध्ये २ खेलमा मात्र जीत हासिल गर्न सफल भएको थियो ।

हेड टु हेड

पञ्जाबले आईपीएलमा सबैभन्दा बढी १४ खेल दिल्लीविरुद्ध जितेको छ । दुई टोलीबीच हालसम्म भएका २४ खेलमध्ये दिल्लीले १० खेल जितेको छ । अघिल्लो सिजन दुई टोलीले १–१ खेल जितेका थिए ।

पञ्जाब र दिल्ली दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जितेका छैनन् । पञ्जाब सन् २०१४ को फाइनलसम्म पुगेको थियो । दिल्लीले भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आईपीएल खेल्न यसअघि नै यूएई पुगेका छन्। उनी क्यारेबियन प्रिमियर लिग ९सीपीएल० सक्काएर गत भदौ २७ गते यूएईतर्फ लागेका थिए ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका हुन् । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ ।एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार