विद्युत प्राधिकरण गाडी बाढीले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव भेटियो

कपिलवस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव तीन दिनपछि भेटिएको छ । बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला परेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौड्यले बताए ।

बेपत्ता पौडेलको ३ दिन देखी नेपाली सेना, सशस्त्र प्रहरीसहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो । सोही क्रममा आज दिउँसो भेटिएको हो ।
पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिम तर्फ फेला परेको हो । ३ दिनदेखि खोजीकार्य जारी राखेपनि नभेटिएपछि आज दुबै तर्फ बाट बोटिङ गरी खोजी गर्ने तयारी थियो ।

बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यलयको जीप सहित ६ जनालाई बगाएको थियो । जसमा ३ जना पौडिएर बाच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । चालक गुल्मीका माधव पाण्डेयको सोही दिन बुधवार र अर्को स्थानीय अर्घाखाचीको शीतगंगा नगरपालिका केशव भाटको शव हिजो फेला परेको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार