नेपाली भूमिमा भारतीय परेड:चीनविरुद्ध कालापानीमा भारतले थप्यो ३ हजार सुरक्षाकर्मी

एजेन्सी । नेपाली भूमि कालापानीमा भारतले ३ हजार सुरक्षाकर्मी थपेको छ । चीनसँगको विवादपछि भारतले नेपाली भूमिमा ३ हजार सुरक्षाकर्मी थपेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनसँगको विवादपछि नेपाली भूमि कालापानीमा भारतले एसएसबीका थप ३० कम्पनी तैनाथ गरेको छ । ३ हजार जवानलाई उक्त क्षेत्रमा पठाइएको छ । नयाँ दिल्ली र जम्मुकास्मिर क्षेत्रबाट सुरक्षाकर्मी ल्याएर नेपाली भूमिमा परेड खेलाइएको छ ।

भारतले चीनविरुद्ध नेपाली भूमि कालापानीबाट आफ्ना गतिविधि बढाएको छ । नेपाल भारत सीमा क्षेत्रमा पनि भारतले थप सुरक्षाकर्मी पठाएको छ ।

पूर्वी लद्दाखमा शनिबार र आइतबार भारतीय सेनाले चिनियाँ क्षेत्रमा प्रवेश गरेर झडप गरेपछि दुई देशबीचको विवाद उत्कर्षमा छ ।

भारतको गृह मन्त्रालयले नेपालका अन्य सीमा क्षेत्र र भुटानसँगको सीमा क्षेत्रमा पनि आइटिबिपी र एसएसबीका जवान तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले पूर्वी लद्दाख क्षेत्रमा पनि चीनविरुद्ध गोरखा रेजिमेन्टका सयौँ जवान खटाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार