बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या २,४४७ पुग्यो

कास्की । गण्डकी प्रदेशमा बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमिकोतको संख्या २४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जना संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ३३ जना ,बागलुमा ३ जना ,स्याङजामा १ जना ,नवलपुरासीमा १ जना र लमजुङमा १७ जनामा गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।त्यस्तै, पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका २४ का ३१ बर्षीय पुरुष गरी ५ जना भारतबाट आएकाहरु हुन् ।

पोखरा महानगरपालिका १६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।लमजुङको बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । त्यस्तै अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएकाहरु रहेको निर्देशनालयले जनाएको छ ।सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार