कोरोना संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु

कपिलवस्तु । कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो ।

मृत्यु भएपछि उनको रिपोर्ट ताकेता गरेर मगाउँदा रिपोर्ट पोजिटिभ रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन । उनी २ दशक बढीदेखि पत्रकारितामा क्रियाशील थिए । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार