पाल्पामा घर भत्किदा एककाे मृत्यु

बुटवल । पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।

सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याएका थिए । तर सुमनको उपचारको क्रममा चिकित्सवले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त पहिरोमा दुई बटा भैसी समेत पुरिएको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार