बुटवलको कोरोना विशेष अस्पतालमा परासीका संक्रमितको मृत्यु

तिलोत्तमा । नवलपरासी पश्चिमका एक कोरोना संक्रमितको शुक्रबार बुटवलमा मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए । थापाका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेहले पीडित थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि उनलाई १९ गते नै अस्पताल ल्याई पीसीआर परीक्षण गरिएको थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार