गोरखा सहित गण्डकी प्रदेशका तीन जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

कास्की। गोरखा सहित गण्डकी प्रदेश प्रदेशका तीन जिल्लामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा गोरखा नगरपालिकाका –६ की ३३ वर्षीया एक महिला, गोरखा अजिरकोट गाउँपालिका–२ की ७८ वर्षीया एक महिला, भिमसेन गाउँपालिका–३ की ४३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी पूर्वका ५ जनामा कोरोना पुष्टि भएको छ । नवलपरासी कावासोती–३ निवासी ३९ वर्षीया महिला, ४५ वर्षीय पुरुष, देउचुली–३ का ५७ वर्षीय पुरुष, देउचुली ११ का ३१ वर्षीय पुरुष र गौडाकोट–४ की ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।त्यसैगरी तनहुँ जिल्ला आबुखैरेनी–३ का ५१ वर्षीय पुरुष र भिमाद–६ निवासी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार