मगर संघ हङकङद्धारा म्याग्दीका बाढी पहिरो पीडिका लागि २ लाख रुपैयाँ सहयोग

म्याग्दी । मगर संघले म्याग्दीका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । मगर संघ हङकङको नेतृत्वमा सञ्चालित अभियानमा संकलन भएको दुई लाख रुपैयाँ नेपाल मगर संघ ,म्याग्दीलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले सो रकम नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाईजा र उपाध्यक्ष लोकेश पुन मगरलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । उपाध्यक्ष थापा मगरले मगर संघ हङकङको नेतृत्वमा सो आर्थिक सहयोग संकलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो सहयोग रकम नेपाल मगर संघ ,म्याग्दीको तर्फबाट पीडित परिवारलाई वितरण गरिने भएको छ ।

सहयोग प्रति धन्यवाद ब्यक्त गर्नुहुँदै अध्यक्ष पाईजा मगरले सबै निकायको समन्वयमा बाढी पहिरोबाट बढी प्रभावित परिवारको पहिचान गरेर सो रकम पीडित परिवारलाई वितरण गरिने बताउनुभयो । यसैगरी ,मगर संघ हङकङकले बागलुङका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षाका कारण म्याग्दीमा बाढी पहिरोबाट ठुलो मानविय तथा भौतिक क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार