बारामा चट्याङ लागेर एकको मृत्यु

बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर(१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको चटयाङ लागेर ज्यान गएको हो ।

चौधरीको डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । घटनामा वर्ष २७ वर्षीय तेतर माझी समेत सामान्य घाइते भएका छन् ।

यसैबीच बारामा २ किलोग्राम लागूऔषध अफिमसहित एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडीया बस्ने बर्ष ६० का सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर प्रमुख एसपी रविनराज कर्णजितले बताए । उनी भारतीय सीमानासँग जोडिएको ईनर्वास्थित दशगाजा क्षेत्रबाट पक्राउ गरेका हुन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार