कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भए २५ लाख रुपैयाँ परिवारलाई दिइने

काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई २५ लाख रुपैयाँ दिने प्रस्ताव गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीले ज्यान गुमाएमा २५ लाख रुपैयाँ राहत दिने तयारी गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको तर्फबाट यो प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको जानकारी दिए । स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न भन्दै मन्त्रालयले राहतको व्यवस्थासहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो । मन्त्रालयका प्रस्तावमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको उपचारको व्यवस्था सरकारले गर्ने व्यवस्था गरिएको छ ।

तर, सरकारले स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि जोखिमभत्ता लगायतका सुबिधा दिने निर्णय गरे पनि धेरै अस्पतालमा यो कार्यान्वयनमा आएको छैन ।आजको मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुने र कार्यान्वयनमा आउने सम्भावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले नागरिकखबरलाई जानकारी दियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार