देशभर ६,७०५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ७ सय ५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका ३४ वर्षीय जवान रहेका छन् । सेनामा कुल २ हजार ५६ जना संक्रमित मध्य एक जवानको मृत्यु भएको हो ।

नेपाली सेनामा अहिले १ हजार ६ सय ४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १ जना संक्रमणमुक्त भइसकेको नेपाली सेनाले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित नेपाल प्रहरी बनेको छ । नेपाल प्रहरीमा ३ हजार ६ सय २६ जना कोरोनाको चपेटामा परिसकेका छन् ।

जसमध्ये १ हजार ८ सय ९ जनाले कोरोना जितिसकेका छन् । यस्तै १ हजार ८ सय १७ जना संक्रमित उपचाररत रहेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए । यता सशस्त्र प्रहरीमा कुल १ हजार २३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३ सय ५३ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमित ६ सय ७० जना उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार