म्याग्दीका पूर्व सांसद तथा लेखक बानियाँको ‘महारानी’लाई मदन पुरस्कार

बेनी । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास)ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ ।सो पुस्तक २०७६ मा प्रकाशित भएको थियो । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका एकसय ५१ पुस्तकहरु मध्येबाट सात पुस्तकहरु क्रमशः जोकरको बन्दुक(विमल निभा),धर्सैधर्साको चक्रब्यूह(तिर्थयात्रा) परित्यक्ता (भुवन ढुङ्गना) महारसनिघण्टु, योगी धर्ममहारस(चन्द्रप्रकाश बानियाँ),मोहपथ(ललित विष्ट) र यात्रामा (शारादा शर्मा) मदन पुरस्कार सूचि २०७६ का रुपमा छनौंट भएका थिए ।सात पुस्तकहरु मध्यबाट बानियाँको महारानी मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार