कीर्तिमानी पर्वातारोही शेर्पाको निधन

काठमाडौं । पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार