डा.केसीले काठमाडौंमा अनशन जारी राख्ने

काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा १९ औं सत्याग्रह बसेका डाक्टर गोविन्द केसीले सत्याग्रहलाई काठमाडौँबाटै जारी गर्ने भएका छन् ।


दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै तोडफोड गरेको र अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म पहिलेकैजस्तै पात्रहरु पदमा रहेको भन्दै हिंसा र आक्रमण नहोस् भनेर सत्याग्रह बस्ने ठाउँ सार्न लागेको केसीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद,सोमबार जारी विज्ञप्तिमा केसीले भनेका छन्, साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं ।

१९ औं सत्याग्रहको आठौं दिनसम्म आफ्ना माग पूरा गर्न सरकारले कुनै प्रयास र पहल नगरेको बरु सत्याग्रह स्थलबाट रातारात अपहरण शैलीमा जबर्जस्ती अस्पतालमा सारिएको पनि उनले बताएका छन् ।

डा. केसीले जारी गरेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।

दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं । ekantipur.comबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार