पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ ।

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको गजुरि प्रहरीले जानकारी दिए ।

मङ्गलबारदेखी परेको अविरल बर्षाले जिल्लाको विभिन्न ठाउँमा पहिरो गएको छ ।nagariknews.nagariknetwork.comबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार