बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु

बुटवल । बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् ।

असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवसतुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका डा। गौतमले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार