महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ। त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ। उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरू २५ जनाको उद्धार गरिएको थियो।

महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो। तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको बताइएको हो। सो भवन सोमबार बिहान ४:४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्सले जनाएको छ।

तर पनि त्यहाँ बस्ने नागरिकको संख्या धेरै रहेकाले धेरैको ज्यान गएको उक्त एनडिआरएफका अधिकारीहरुले बताएका छन्।थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको भन्दै बुधबारसम्म त्यहाँ रहेका ३९ जनाको ज्यान गएको उद्धार अधिकारीहरूले जानकारी दिएका हुन्। एजेन्सी/सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार