बाग्लुङको पहिरोमा बेपत्ता वृद्धको शव फेला

पोखरा ।बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ।

काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती हराएका थिए। उनको खोजतलासका क्रममा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बिहीबार बिहानैदेखि घटनास्थलमा खटिएका थिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार