विराटनगरमा कोरोनाबाट थप २ जनाको मृत्यु

मोरङ । टिराटनगरमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो।

विराटनगर–७ का ८६ वर्षीय वृद्ध पुरुषको आइतबार बिहान ९ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। असोज २५ गते वृद्धलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। दाहालका अनुसार मृतकको परिवारका अरु तीन सदस्यलाई पनि संक्रमण देखिएको छ। परिवारका अन्य सदस्य होम आइसोलेसनमै रहेका छन्।

त्यस्तै विराटनगर–१२ का ५५ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार राति १०ः५५ बजेतिर मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रले जनाएको छ।असोज १३ गते रिपोर्ट पोजेटिभ आएसँगै उपचार केन्द्रमा भर्नाका भएको १८ दिनपछि पुरुषको मृत्यु भएको हो। उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार केन्द्रको आइसोलेसनमा १८ दिनदेखि उपचाररत पुरुषको शनिबार राति मृत्यु भएको बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार