पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको छ । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेशनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको निगमले जनाएको हो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार