विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ७२ वर्षीया कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ जतुवाकी ती महिलालाई असोज ५ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्र भर्ना गरिएको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए । ती महिलामा श्वासप्रश्वासका साथै मिर्गौलामा समेत समेत समस्या रहेको सिग्देलले बताए ।ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार