ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकी

ताप्लेजुङ । प्रहरी चौकी र बैंक पुग्न नसकेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रहरी चौकीको औपचारिक उद्घाटन गरिएको छ । प्रहरी चौकी स्थापना भएपछि अब त्यहाँ चाँडै बैंकिङ सेवा समेत सुरु हुने भएको छ ।

गाउँपालिका अध्यक्ष रामकुमार साँवा,प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ र ताप्लेजुङ प्रहरी प्रमुख९डिएसपी०महेन्द्रकुमार श्रेष्ठले मिक्वाखोलामा स्थापित प्रहरी चौकीको औपचारिक उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष साँवाले प्रहरी चौकी स्थापना हुँदा आम नागरिकले शान्ति सुरक्षा र अमन चयनका लागि कोसेढुङ्गा बन्ने बिश्वास लिएको बताए ।

शान्ति सुरक्षाका लागि आफुहरु प्रहरीसंग सहकार्य गर्न र प्रहरीलाइ सहयोग गर्न तयार गरेको अध्यक्ष साँवाको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी चापागाँईले नागरिक र प्रहरी बीच सहकार्य हुन सकेमा मात्र प्रहरीले शान्ति सुरक्षाका लागि बनाएको योजना कार्यान्वयन गर्न सक्ने बताए । थोरै जनशक्ति रहेको प्रहरीको एक्लो प्रयासले मात्र समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकोले नागरिक–प्रहरी बीचमा सहकार्य अनिवार्य भएको चापागाँइको भनाइ थियो । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले प्रहरी समाजको सम्पति भएको स्मरण गर्दै सम्पतिको संरक्षण र व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका बलियो हुने बताए ।

प्रहरी समाजको ‘साथी’ नै भएकोले साथीसंगको सहकार्य,सकारात्ममक सुझाव र परामर्शका आधारमा प्रहरीमा काम गर्ने उर्जा भर्न सकिने श्रेष्ठले बताए । प्रहरीले आम नागरिकलाइ बिना पूर्वाग्रह सेवा दिने बिषयमा कञ्जुस्याँइ नगर्ने बभन श्रेष्ठका थियो । उनले मातहतका सबै प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाइ जनप्रेमी र जनमैत्री भएर काम गर्न तथा आम नागरिकको शान्ति सुरक्षालाइ प्रमुख प्राथमिकतामा राख्न निर्देशन समेत दिएका छन् ।

मिक्वाखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सुरक्षा चुनौतीका कारण कर्मचारी समेत नबस्ने तथा आउन नमान्ने बिगतको समस्या अब हल भएको बताए । उनले प्रहरी चौकी व्यवस्थापन र प्रहरी कर्मचारीको सहयोगका लागि गाउँपालिका प्रशासन हरदम तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष रुद्रकुमारी साँवा,आठराइ त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नाम,मेरिङ्देन गाउँपालिकाका डम्बरबहादुर आङ्देम्बे,पाथीभरा याङ्वरक गाउँपालिकाका लोकप्रसाद फागो,उद्योग अधिकृत देउप्रकाश तामाङ सहितको उपस्थिति रहेको थियो । गाउँपालिकाले तत्कालका लागि सामुदायिक भवनमा राखेर प्रहरी चौकी व्यवस्थापन गरेको छ । nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार