९ महिनासम्म चौकीका इन्चार्जहरुले इन्सपेक्टर भन्ठानेर सलाम मात्र गरिरहे !

काठमाडौँ । अजयकुमार राय पक्राउ पर्नु अघिसम्म प्रहरी सहायक निरीक्षक (असई) र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए ।

रायले गत बुधबार पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसको हलमा राखेर २१ परीक्षार्थीलाई परीक्षा लिइरहेको सूचना प्रहरीमा पुग्यो । जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुग्यो ।

प्रहरी निरीक्षक (इन्सपेक्टर)को पोसाकमा परीक्षा चलाएको देखेपछि प्रहरी आफै चकित पर्यो । तत्कालै घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तलाई जानकारी गर्यो । यस्तो परीक्षा प्रहरीले बाहिर लिने चलन छैन । शंका लागेपछि लोकसेवाको परीक्षा तयारीबारे राम्रोसँग बुझेकी एसपी पन्तले पन्तले रायलाई समात्न निर्देशन दिइन् ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार