धनकुटामा दुग्ध उत्पादक कृषकहरुलाई टेम्पो हस्तान्तरण

धनकुटा । धनकुटा नगरपालिकाको वडा नं १० को मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुलाई आइतबार टेम्पो हस्तान्तरण गरिएको छ। धनकुटा नगरपालिका र अन्य संस्थासंग समन्वय गरी सयुक्त आर्थिक सहयोगमा गरिबी निवारण तथा ग्रामिण विकास कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एउटा टेम्पो र ८ वटा प्लाष्टिक टनेल हस्तान्तरण गरेका हुन।

पर्डेप नेपाल धनकुटाद्धारा आयोजित कार्यक्रममा वोल्दै मेयर तामाङले आज हस्तान्तरण गरिएको टेम्पो तथा टनेलले कृषकहरुको हार्थिक स्थिति सुद्धृढ गर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए। किसानले उत्पादन गरेको कृषि सामग्री बजारसम्म पुर्याउन सजिलो हुने भन्दै यसलाई कार्यविधि बनाई व्यवस्थित तरिकाले सञ्चालन गर्न आग्रह गरेका थिए। भने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापाले गएका वर्षमा पनि युएनडिपीसँग सहकार्य गरि नगरपालिकाले नमूना गाउँ वनाउने अभियान सञ्चालन गरेको जानकारी दिदै यो वर्ष पनि युएनडिपी र पर्डेप नेपाल सँग सहकार्य गरि कोभिड–१९ नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको बताए ।

त्यस्तै पर्डेप नेपालका कार्यक्रम संयोजक मिन प्रसाद सुवेदीले कृषकहरुको १ लाख ३३ हजार र गरिबी निवारण तथा ग्रामीण विकास कार्यक्रम अन्र्तगतको ४ लाख २७ हजार गरि जम्मा ५ लाख ६० हजारमा टेम्पो खरिद गरि किसानहरुलाई प्रदान गरिएको जानकारी दिएकाछन्। मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा दैनिक २ सय देखि २ सय ५० लिटर सम्म दुग्ध संकलन हुने गरेको सहकारीले जनाएको छ। सहकारी अध्यक्ष विपेन्द्र दाहालले आफुहरुले पाएको टेम्पो कार्यविधि वनाएर सञ्चालन गर्ने बताए।

त्यस्तै अरुको टेम्पोबाट दुग्ध ओसारपसार गर्दा दिनको २२ देखी २५ हजार सम्म भाडा तिर्दै आएकोमा अव आफुहरुले नै टेम्पो पाए पछि भाडामा लाग्ने खर्च वचत हुने सहकारीका शेयर सस्य खगेन्द्र प्रसाद बस्नेतको भनाइ छ। कार्यक्रमको संचालन युवा समाजसेवी खड्ग प्रसाद भट्टराईले गरेका थिए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार