नेपालमा २४ सय ४० जना कोरोना संक्रमित थपिए ,१९ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १० लाख ८८ हजार २२९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ७८१ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३३ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार