त्रिविका उपप्राध्यापकमाथि रड प्रहार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् ।
रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले चलाउनेमाथि कुटपिट भएको जानकारी पाएको बताए । विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो । चलाउने समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक हुन् । उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार