प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी ३ वटा संशोधन प्रस्ताव

बुटवल । प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन दर्ता भएका छन्।शुक्रबार सरकारका तर्फबाट कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव सदनमा दर्ता गराएका थिए। प्रस्ताव उपर सोमबारै छलफल सकेर आज बिहान साढे १० बजेसम्म संशोधन प्रस्ताव दर्ताको समय दिइएको थियो।

सरकारले दर्ता गराएको प्रस्ताव उपर तीन वटा संशोधन प्रस्ताव दर्ता भएको छ। प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट दुई र जनता समाजवादीका तर्फबाट एउटा संशोधन प्रस्ताव दर्ता भएको हो। कांग्रेसका सांसद रमा अर्याल र पुष्पा थरुनीले छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएका हुन। हाल अस्थायी मुकाम भएको रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्नु पर्ने माग गर्दै कांग्रेस सांसद पुष्पा थरुनीले संशोधन प्रस्ताव दर्ता गराएकी छन्।

सांसद रमा अर्यालले दर्ता गराएको संशोधन प्रस्तावमा नवलपरासीको बर्दघाटदेखि कपिपलबस्तुको शिवराज नगरपालिकासम्मको उपयुक्त क्षेत्रलाई राजधानी कायम गर्न माग गरीएको छ। जनता सामाजवादीका सचेतक सहसराम यादवले दर्ता गराएको संशोधन प्रस्तावमा प्रदेशको नाम ‘थारुहट अवध मगरात’ कायम गर्न माग गरीएको छ।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार