चण्डोलबाट म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद

काठमाडौँ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको एक गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।

प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ । बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर, चकलेट र पास्ता छन् । बरामद गरिएको गोदामको नाम जोजियाक मार्केटिंग एण्ड डिस्ट्रिब्युसन नामक कम्पनीको गोदाम हो । यसको पसल विशालनगरमा छ ।

परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले बरामद सामानबारे थप बुझ्ने काम भइरहेको बताए । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार