गुल्मीमा आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

गुल्मी । तीन दिनअघि गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बाबुको हत्या गरी फरार छोरा पक्राउ परेका छ्न । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ गाउँका ६० वर्षीय दिलबहादुर बस्नेतलाई २८ वर्षीय छोरा अनिल बस्नेतले असोज १८ गते साझ हत्या गरेका थिए ।

फरार भएका उनलाइ वडा नम्बर १ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घरमा लुकेर बसेको अवस्थामा हिजो पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए । निजले बाहिर हिँड्ने घर नआउने भएकोले बाबुले सम्झाउने क्रममा झगडा परेको र आफुले मुक्का प्रहार गरी मारेको स्वीकार गरेको पन्तको भनाइ छ । उनका अनुसार बाबु छोरा दुवै मदिराको मातमा थिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार