शोकमा महानगरपालिका एक दिनका लागि बन्द

भरतपुर । चितवनको भरतपुर महानगरपालिका बुधबार एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको बुधबार बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय बुधबार एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्व पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छन् ।

स्व पिया तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगरप्रमुख र २०५४ मा भरतपुर नगरप्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार