भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

नयाँदिल्ली, पिटिआई । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १ सय ३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी, कुल संक्रमित मध्ये ५७ लाख ४४ हजार ६ सय ९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ ।भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५ सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९ सय ८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ ।भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ ।

भारतमा अहिले पनि नौ लाख सात हजार ८ सय ८३ जना कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् ।प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार