राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिन्ह हलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन:एकीकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताएका छन् ।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् । राप्रपामा थापासहित पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी समेत अध्यक्ष रहेका छन् । आयोगले आजै राप्रपालाई वैधानिकता दिएको हो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार