सिद्धिचरण लोकमार्गमा कन्टेनर दुर्घटना २ जनाको मृत्यु, २ घाइते

सिराहा । सिराहाको र्मिचया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा बुधबार साँझ भएको कन्टेनर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। लोकमार्ग अन्तरगत कटारी नगरपालिका ८ सिरिसेको सानो दमारमा ना ५ ख ९४२४ नं. को कन्टेनर दुर्घटनामा परी सडकबाट करिव ५ सय मिटर तल खसेको छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बुधबार साँझ ओखलढुंगाबाट कटारीतर्फ आउँदै गरेको कन्टेनर असन्तुलन हुन गएर दुर्घटनामा पर्दा त्यसमा सवार मिन राना मगर र राकेशकुमार यादवको मृत्यु भएको खुलेको छ। मृतकमध्ये यादव र मगरको पहिचान गोजीमा भएको परिचयपत्रको आधारमा भएको हो। सडकदेखि धेरै तल खसेको हुनाले मृतकहरुको शव ढुंगाले थिचिएको अवस्थामा रहेको र पानी परिरहेकाले निकाल्न समस्या भईरहेको इप्रका कटारीका डिएसपी हेमन्त भण्डारीले बताए।

दुर्घटनामा घाइते गाडीमा सवार योगेन्द्र दाहाल र विजय भुजेल गम्भीर घाइते भएकाको उद्धार गरी उपचारार्थ कटारी अस्पतालमा ल्याइए पनि त्यहाँ संभव नभएपछि बिराटनगर रेफर गरिएको भण्डारीले बताए। उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे सत्यतथ्य बुझ्न इप्रकाको टोली घट्नास्थलमै तैनाथ गरिएको र पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार