फिनल्याण्डमा एक दिनलाई १६ वर्षिया किशोरी प्रधानमन्त्री

काठमाडौँ । वलिउड चलचित्र ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री बनेर धेरै परिवर्तन गरेका छन्। सिनेमामा देखिने यो दृष्य फिनल्याण्डमा भने वास्तविक भएको छ। फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्।

सन्ना मरिनले बुधबारका लागि १६ वर्षिया आभा मुर्तोलाई प्रधानमन्त्री बनाएकी हन्। तर उनलाई कार्यकारी अधिकार भने छैन। उनले एक दिन प्रविधिमा महिला अधिकारका बारेमा बैठक बसाएकी छन्।

मुर्तोले यसबाट आफुले केही नयाँ कुरा सिकेको बताएकी छन्। संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि यो गरिएको हो। प्रविधिमा महिलाको पहुँच र अनलाईनबाट हुने महिला हिंसाका घटनाबारे कार्यक्रममा छलफल गरिएको छ। फिनल्याण्ड लैंगिक समानतालाई उच्त प्राथमिकतामा राख्ने देश हो।एजेन्सी/nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार