बसभित्र सामूहिक बलात्कारमा संलग्न थप एक पक्राउ

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको हो ।

असोज १७ मा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । यसअघि पक्राउ गरिएकामा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।

दिपेश सो गाडीका सह–चालक हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । किशोरीलाई दिपेशले रातभर बलात्कार गरेपछि भोलिपल्ट निरकुमार र सुर्यलाई किशोरी जिम्मा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । किशोरीलाई लठ्याउने औषधी खुवाइएको थियो । किशोरी बेहोस अवस्थामा देखेर अन्य गाडीका स्टाफले प्रहरीलाई सूचना दिएपछि घटना बाहिरिएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार