पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ५९ सहित देशभर संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

संक्रमित मध्य पछिल्लो २४ घण्टामा १ हजार ६८० जना निको भएर घर फर्किएका छन् । देशभर थप १० जनाको ज्यान गएको छ । यो संगै हालसम्म देशभर कोरोनाबाट ६ सय जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार