कुहिसकेको अवस्थामा नवजात शिशुको शव फेला

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ। सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। नवजात शिशुको शव परीक्षण लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुशन्धान भइरहेको बताइएको छ।रासस/nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार