संघीय सरकारका शिक्षामन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । उनका अनुसार पोखरेल हिजो ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाव टेस्ट गराउँदा पोजेटिभ देखिएको हो ।

उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार