त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई पक्राउ

काठमाडौँ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएका रुपेश शाह र रविन लामा छन् ।

त्रिवि समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीनजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले रुपेशलाई सूर्यबिनायकबाट पक्रेको हो । रुपेशको बयानका आधारमा रविनलाई सिराहा प्रहरीको समन्वयमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँ का एक अधिकृतले रातोपाटीलाई बताए ।

उनीहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको प्रहरीलाई बताएका छन् । प्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार