गोलन्जोरका वडा अध्यक्षमाथि स्थानीय कुटेको आरोप

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीमाथि स्थानीय कुटेको आरोप लागेको छ । शनिवार गाउँमा आयोजित एउटा भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् । ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पीडित वडाअध्यक्ष दौलतको दाई नाता पर्छन् ।

कुटपिट भएको बारेमा स्थानीयसँग सोधपुछ गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले रातोपाटीलाई बताइन् । पीडितको मेडीकल रिपोर्ट पनि हेर्छौँ, थप अनुसन्धानपछि मात्रै कुटपिट भए नभएको भन्न सकिन्छ ।’शनिवार साँझ गाउँमा न्वारानमा सहभागी हुँदा आक्रमण भएको पीडित पक्षले दावी गरेका छन् । ‘तँ मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिनँ । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन्,’ पीडित भन्छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार