कोभिड प्रभावित ७० जना पत्रकारलाई इन्जाको लेखनवृत्ति

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ ।इन्जाले कोरोनाको बहनामा कामबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि संस्थामा नरहेका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

इन्जाको वेबसाइट, सामाजिक सञ्जाल र अन्य माध्यम मार्फत लेखनवृत्तिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सो आह्वानअनुसार प्राप्त नामावलीहरुबाट इन्जा एसियाको प्रस्तावमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।इन्जा एसियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनवृत्ति प्राप्त गर्ने पत्रकारहरुले एक हप्ताभित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ । इन्जाले गो फन्डमार्फत संकलन गरेको रकममार्फत लेखनवृत्ति दिन लागेको हो ।

उनीहरुले मुलुकको अहिलेको परिस्थितिलाई मध्यनजर राखी आर्थिक क्षेत्रमा परेको प्रभाव, सामाजिक न्याय, लैगिक हिंसा, प्रेस स्वतन्त्रतामा परेको असर, स्वास्थ्य, शिक्षालगायतका विषयमा २ वटा फिचर आर्टिकल लेख्नुपर्ने छ । फिचर आर्टिकल ८ सयदेखि १ हजार शब्दको हुनुपर्ने छ । रेडियो र टेलिभिजनका लागि भने बाइट सहितको फिचर आवश्यक पर्ने इन्जाले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार