धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण

सुनसरी । धरानमा थप १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा रहेका १ सय ९० जना र अन्य ९३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा गरिएको स्बाव परीक्षणका क्रममा थप १ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए । पछिल्लो पटक थप १ सय ९७ जना संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७९ पुगेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार