तुलसीपुर । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाका अनुसार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । अहिले भने त्यस्तो लक्षण नदेखिएको उनले जानकारी दिए । जिल्लामा सोमबार मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नागरिक खबरबाट साभार