जग्गा हेर्ने निहुँमा लुटपाट, तीनजना पक्राउ

काठमाडौँ । जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्रेको हो । गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।

एसएसपी थापाका अनुसार वाईवालाई मुख्यगरी कुटपिट गर्ने रमेश तामाङ हुन् । प्रेम तामाङले वाईवालाई समात्न सहयोग गरेका पाइएको एसएसपी थापाले बताए । महाशाखाले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लुटपाट गर्ने खुलेको एसएसपी थापाले बताए । ‘तडकभडक देखाउनुपर्छ भन्ने मनासय बोकेर बिहान–बिहान जिम जाने । अनि जग्गा हेर्ने भन्दै लुटपाट गर्ने उनीहरुको दैनिकी रहेको खुलेको छ,’ एसएसपी थापाले भने ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार