गाईको मासुसहित तीन पक्राउ

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।

उनीहरूलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो। घटना बारे थप अनुसन्धान र छानवीन भइरहेको प्रहरी उपरीक्षक रानाले बताए। रासस/सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार